Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि ३ दिन विद्यालय बन्द

१३ आइतबार , आश्विन २०८१२० दिन अगाडि

आजदेखि ३ दिन विद्यालय बन्द

आजदेखि सरकारले ३ दिन विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा अवरुद्ध भएका कारण विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको हो ।  

हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकस्मिक बैठकले तत्काललाई विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गरेको थियो ।

सरकारले विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको हो । बिहिबारदेखि शुरु भएको अविरल वर्षा आजदेखि केहि कम भएपनि देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको बताईएको छ ।