Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढी पहिराेमा परि उपत्यकामा २१ जनाकाे ज्यान गयाे

१२ शनिबार , आश्विन २०८१२० दिन अगाडि

बाढी पहिराेमा परि उपत्यकामा २१ जनाकाे ज्यान गयाे

बिहिबारदेखि परेकाे अविरल वर्षाकाे कारण बाढी पहिराेमा परि काठमाडौँ उपत्यकामा २१ जनाकाे ज्यान गएकाे छ । बाढीमा परि काठमाडौँमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको ज्यान गएकाे छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकाअनुसार वर्षाजन्य विपद्का घटनामा परी ५ जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७ सय २८ जनाकाे उद्धार गरिएको छ भने बाढीपहिरोबाट काठमाडौँमा ४ घर भत्किएकाे २ सय २६ घर डुबानमा परेका छन्र । त्यस्तै ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको बताइएकाे छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा ९ सय ३० र भक्तपुरमा १ सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।

त्यसैगरि अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिएकी छन् ।