Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभर अविरल वर्षासंगै ठाउँठाउमा बाढी पहिरो

१२ शनिबार , आश्विन २०८१२१ दिन अगाडि

देशभर अविरल वर्षासंगै ठाउँठाउमा बाढी पहिरो

बिहिबारदेखिको निरन्तर वर्षासंगै आएको बाढी पहिरोका कारण देशको विभिन्न भागमा ठूलो क्षति भएको छ । वर्षाले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थान जलमग्न हुनुका साथै बाढी पहिरोको कारण यातयात सेवा समेत अवरुद्ध भएकाे छ ।

बाढीका कारण खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएर जलाशयमा पानी तोकिएको सतहभन्दा माथि पुगेपछि आज बिहान ६ बजे बाँधका दुई वटा ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण थानकोट नजिकै धादिङको सीमानामा रहेको झ्याप्ले खोला नजिकै पहिरो गएको छ भने धुनिबेशी नगरपालिका ९ नजिकै आज बिहान साढे ३ बजे खसेको पहिरोले यात्रुवाहक बस पुरेको छ । त्यस्तै काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको बताइएकाे छ ।