Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राप्ती लोकमार्ग अवरुद्ध,बिपी राजमार्ग एकतर्फी सञ्चालन

११ शुक्रबार , आश्विन २०८१२१ दिन अगाडि

राप्ती लोकमार्ग अवरुद्ध,बिपी राजमार्ग एकतर्फी सञ्चालन

बिहिबार रातिदेखि निरन्त वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि राप्ती लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय राप्तीले जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको छ । उक सडक खण्डमा आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ भने साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याईने बताईएको छ ।

त्यस्तै गएरातीदेखिको वर्षाको कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताएका छन् ।

लेदोसहितको पहिरोका कारण सडक दुईतर्फी रुपमा अवरुद्ध भएकोमा अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको बताईएको छ । लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।