Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आइतबारदेखि सुकिला नोट साट्न पाइने

११ शुक्रबार , आश्विन २०८१२१ दिन अगाडि

आइतबारदेखि सुकिला नोट साट्न पाइने

यसवर्षको दसैँ नजिकिएसँगै आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । यसवर्षको दसैँका लागि असोज १३ गते आइतबारदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

यसअघि नेपाल राष्ट्र बैँकले हरेक वर्षको दसैँका लागि नयाँ नोट साट्न पाइने व्यबस्था गर्दै आएकोमा यसवर्ष सफा तथा सुकिला नोट साट्न पाइने व्यबस्था गरेको हो । सफा तथा सुकिला नोट आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैँकबाट साट्न सकिने बताईएको छ ।  

बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताएको छ । 

त्यस्तै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ ।