Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित

११ शुक्रबार , आश्विन २०८१एक बर्ष अगाडि

वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित

बिहिबारदेखिको निरन्तर वर्षासँगैको आजको भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित भएको छ । उडान र अवतरणका लागि भिडिजबिलिटी कम हुँदा अधिकांस विमानको उडान तालिका प्रभावित भएको हो ।

त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनकाअनुसार सुर्खेत,पोखरा,भरतपुर,भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् भने विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएको बताईएको छ भने वर्षाकै कारण आज कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।

यता धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान र अवतरण सामान्य रहेको बताईएको छ भने अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या नभएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।