Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जोमसोम-कागबेनीको १३ किलोमिटर सडक कालोपत्रे

११ शुक्रबार , आश्विन २०८१२२ दिन अगाडि

जोमसोम-कागबेनीको १३ किलोमिटर सडक कालोपत्रे

कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे भएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक कालोपत्रे गरिएको हो ।

मुस्ताङको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिएको बताईएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डको उक्त सडक कालोपत्रे गर्न २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने वैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत ८ खण्डमा विभाजन गरेर प्रारम्भ भएको १ सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको बताईएको छ ।

त्यसैगरी २५ किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजना प्रमुख ध्रुवकुमार झाका अनुसार उक्त खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने छ ।