Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभर भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

११ शुक्रबार , आश्विन २०८१२२ दिन अगाडि

देशभर भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

बिहिबारदेखि देशभर वर्षा भईरहेको र मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गरेकाले सम्भावित दुर्घटनाबाट बच्न सचेत गराईएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन आग्रह गरेको हो ।

निरन्तर वर्षा भईरहेकाले रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा आज र भोलि रात्रिबस चलाउन रोक लगाईएको छ । पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाइएको हो ।

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने रात्रिबस पनि शुक्रबार र शनिबार नचल्ने बताइएको छ । रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले रात्रि बस नचलाउने निर्णय भएको हो ।

भारी वर्षाका कारण कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् ।

त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ ।

प्राधिकरणले आइतबारसम्म धान नकाट्न वा काटिसकेको भएमा तत्काल थन्काउन पनि अनुरोध गरेको छ । तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका स्थान र नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन समेत भनिएको छ ।