Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मानवअधिकारको राजनीतिकरणको विरोध

१० बिहिबार , आश्विन २०८१२३ दिन अगाडि

मानवअधिकारको राजनीतिकरणको विरोध

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५७ औँ अधिवेशनमा मानवअधिकारको राजनीतिकरणको सयभन्दा बढी देशले विरोध गरेका छन् । मानवअधिकार मुद्दामा चीनको अडानप्रति समर्थन गर्दै सयभन्दा बढी देशहरुले विरोध गरेका हुन् ।

क्युबाले प्रतिनिधित्व गर्ने देशहरूको समूहले संयुक्त राष्ट्र संघमा उल्लेखित विश्वव्यापीता, निष्पक्षता, वस्तुनिष्ठता र गैर–चयनवादका सिद्धान्तहरूको पालना गर्न आह्वान गर्दै दोहोरो मापदण्ड र मानवअधिकारको प्रयोगलाई अन्य राष्ट्रहरूको घरेलु मामिलामा हस्तक्षेपको बहानाको रूपमा अस्वीकार गरेको बताईएको छ ।

परिषद्को ५७ औँ अधिवेशनमा  जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्वीट्जरल्याण्डस्थित अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले संवाद र सहयोगको माध्यमबाट मानव अधिकारको प्रवर्धन र संरक्षणसम्बन्धी मित्र समूहको तर्फबाट संयुक्त वक्तव्य दिएका थिए ।