Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चङ्गा, ड्रोन,बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न प्रतिबन्ध

१० बिहिबार , आश्विन २०८१२३ दिन अगाडि

चङ्गा, ड्रोन,बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न प्रतिबन्ध

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन,बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको हो ।

नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले उक्त कार्य नगर्न आग्रह गरेको हो । 

कार्यालयको सुचना अनुसार कसैले सूचनाको अवज्ञा वा अटेर गरेर उक्त गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने बतईएको छ ।