Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शैक्षिक संस्थालाई तीन बुँदे निर्देशन

१० बिहिबार , आश्विन २०८१एक बर्ष अगाडि

शैक्षिक संस्थालाई तीन बुँदे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई तीन बुँदे निर्देशन दिएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा ती निर्देशन अनिवार्य रुपमा पालना गर्न भनेको छ ।

मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थाहरुलाई नेपालका विश्वविद्यालय, तिनमा पढाई हुने कार्यक्रम र प्राप्त हुने अवसरहरुको बारेमा पनि परामर्श सेवा उपलब्ध गराउन निर्देश गरेको छ । त्यस्तै, मेला सञ्चालनको अनुमति माग गर्दा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसमेत) ले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीको पूर्ण विवरण पेश गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पुरा गरेका संस्थाहरु मात्र सहभागी गराउन पाउने पनि निर्देशन दिएको छ । साथै, परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरु कुनै पनि समस्यामा परेको प्रमाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द गरिने मन्त्रालयको ठहर छ ।