Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लेबनानमा इजरायली हवाई आक्रमण ५ सय ५८ जनाको मृत्यु

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

लेबनानमा इजरायली हवाई आक्रमण ५ सय ५८ जनाको मृत्यु

अहिलेसम्मकाे सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट लेबनानमा ५ सय ५८ जनाको मृत्यु भएकाे छ । इजरायल-प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि याे लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट हाे ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हवाई आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएको जनाइएको छ । लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई नयाँ उचाइमा पुर्‍याएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी र पूर्वी लेबनानमा लगभग १ हजार १ सय १० क्षेत्रहरु लक्षित आक्रमण गरेको बताइएकाे छ ।

गत सोमवारबाट आक्रमण जारी रहेकाे र आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको  बीबीसीले जनाएकाे छ ।