Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण

बाग्लुङकाे काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण भएको स्वास्थ्यचौकी भवन अस्पताल सञ्चालन गर्नेगरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । हिजाे मङ्गलबार काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो हस्तान्तरण गरेकाे हाे । 

सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेकाे दुई तले भवनमा साना–ठूला ५३ वटा कोठा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ६ करोड १२ लाख लागतमा उक्त भवन निर्माण गरिएको हो ।

भवनको जिम्मेवारी लिएपछि स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएर उक्त नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने बताउँदै अध्यक्ष कँडेलले उक्त भवनमा जनशक्ति व्यवस्थापन गरेर पाँच शैयाकाे अस्पताल सञ्चालन गर्ने योजना रहेकाे बताएका छन् ।