Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही

काठमाडौँ महानगरपालिका भित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले एक सूचना जारी गर्दै उक्त चेतावनी दिएकाे हाे ।

महानगरले सुचना जारी गर्दै मूल्य सूची सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तै महानगरले खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि सुचित गरेको छ ।

अनुगमनका क्रममा महानगरकाे आग्रह विपरीत कसैले बेवास्ता गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । त्यसैगरि स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न पनि महानगरले अनुरोध गरेको छ ।

महानगरले बस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।