Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संवैधानिक राजतन्त्र सबैको माग बन्यो

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

संवैधानिक राजतन्त्र सबैको माग बन्यो

    बरू खोपाको देउता सरह भए पनि संवैधानिक राजतन्त्र नै ठिक हो भन्ने विषय चर्केर गएको छ । पूर्वराजाले पनि जनताले खोजेको बेलामा म यही छु भनेर भनेकै हो । जनताले पनि संघीय लोकतान्त्रिक पद्धतिप्रति निराशा प्रकट गरिरहेका छन्, अड्डाअदालत, संवैधानिक निकाय कहीँ पनि संविधानले काम गर्न नसकेको प्रष्ट भइसक्यो ।
    यतिमात्र होइन, हरेक दलभित्र असन्तुष्टि छ । आमनागरिक असन्तुष्ट छन् । ३ करोड जनता भएको मुलुकका एक करोड युवा विदेशीएका छन् । यो क्रम अझ बढेर गएको छ । विश्वमा नेपालको छवि युवा निकासी गर्ने, दण्डहीन मुलुकका रूपमा बदनाम भएको छ । यो सबै संविधान र नेतृत्वको असफलता र स्वार्थी प्रवृत्तिका कारणले भएको हो ।
    पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भन्नुहुन्छ– फटाह भए पनि ओली र देउवाका मान्छे भनेपछि जोगिने । यसकारण यो फटाहहरको व्यवस्था खारेज गरी सबै नेपालीलाई न्याय दिन र विश्वभर नेपालको असल छवि स्थापित गर्न संवैधानिक राजसंस्था ल्याऔं ।
    यो माग देशव्यापी बनिसकेको छ ।