Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कनेक्टिङ कर्णाली– राज्यलाई शिक्षा

०९ बुधबार , आश्विन २०८१२४ दिन अगाडि

कनेक्टिङ कर्णाली– राज्यलाई शिक्षा

‘कनेक्टिङ कर्णाली’ मनघरी फाउण्डेशनको आयोजनामा दैलेखपछि अहिले डोल्पा, मुगुका तस्वीर र स्थानीय सामग्रीको प्रदर्शन सम्पन्न भएको छ । सिङ्गो कर्णालीलाई राजधानीसँग जोड्नका लागि राज्यलाई प्रदर्शनीले झकझक्याएको छ ।
शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न प्रेरित गर्ने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तर्गत मुगु जिल्लाको प्रर्दशनी भएको र आगामी दिनमा अन्य कार्यक्रम आउने छ । नेताको कामै प्रशंसा गर्ने र व्यवहार नदेखाउने हो । यो प्रदर्शनी हेरेर केही नेताले त्यसै गरेका छन् ।
कर्णाली पर्यटकीय, प्राकृतिक र अन्य सम्पदाका कारण धनी छ तर राजधानीले सधैं कर्णालीलाई बेवास्ता गरेको छ । कर्णालीले सधैं सोध्यो– हामीमाथि किन बिभेद गरेको ? यो प्रर्दशनीमा कर्णालीक्षेत्रका धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनीका लागि कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाको मेहनत प्रशंसनीय छ । 
राज्यले कर्णालीलाई ध्यान देओस् ।