Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पदक बिजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

०८ मंगलबार , आश्विन २०८१२ बर्ष अगाडि

पदक बिजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

२०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनको हाङ्जाउमा आयोजित उक्त प्रतियोगितामा पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई विमानस्थलमा स्वागत गरिएको हो ।

ऐतिहासिक पदक जितेकी गुरुङलाई उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो । उनि ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएकी थिइन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले यसअघि कुनै पनि पदक जित्न सकेको थिएन । ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा लगायत एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए ।