Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिन बन्द

०८ मंगलबार , आश्विन २०८१२५ दिन अगाडि

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिन बन्द

आजदेखि सिस्नेरी–दक्षिणकाली सडकखण्डमा १२ दिन बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म १२ दिन बन्द हुने भएको हो ।

सिस्नेरी–दक्षिणकाली सडकखण्डमा १२ दिनसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली सडकखण्डमा असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।