Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना

०८ मंगलबार , आश्विन २०८१२५ दिन अगाडि

राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना

काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना भएको हो ।

राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी-१ स्थित विनयीखोला नजिक दुर्घटना हुँदा २३ जना घाइते भएको बताईएको छ । आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन् ।

दुर्घटनाका घाइतेहरुको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । बसमा करिब ४५ जना यात्रु रहेको र अन्य यात्रु सकुशल रहेको बताईएको छ ।