Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसइई पूरक परिक्षामा ५६.७८ प्रतिशत उतिर्ण

०८ मंगलबार , आश्विन २०८१२५ दिन अगाडि

एसइई पूरक परिक्षामा ५६.७८ प्रतिशत उतिर्ण

राष्ट्रिय परीक्षा बोर्डले २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन गरेको एसइई पूरक परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ५६.७८ प्रतिशत परीक्षार्थीले परिक्षा उतिर्ण गरेका हुन् ।  

परीक्षा बोर्डका अनुसार २ लाख १० हजार ३ सय २१ जनाले परीक्षा दिएका थिए । जसमा १ लाख १९ हजार ४ सय २५ जना ग्रेड (पास) भएका छन् । त्यस्तै नन ग्रेड  र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना रहेको बताईएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले ८ जनाको उत्तर पुस्तिका रद्द भएको बताएको छ । कार्यालयका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन रहेका छन् । त्यस्तै जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना, जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना रहेका छन् ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ ।