Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

च्याम्पियनसिप उपाधि जितेर टोलि स्वदेश फिर्ता,विमानस्थलमा भव्य स्वागत

०७ सोमबार , आश्विन २०८१एक महिना अगाडि

च्याम्पियनसिप उपाधि जितेर टोलि स्वदेश फिर्ता,विमानस्थलमा भव्य स्वागत

काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेर फर्केका टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

माल्दिभ्समा पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउदै उपाधि जितेको थियो ।

माल्दिभ्सको मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गर्दै उपाधि जितेको हो । ६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो । लिग चरणमा भएको पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।

टोलीले लिग चरणमा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

च्याम्पियनसिपको उपाधि जितेर स्वदेश फर्किएका टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका थिए भने खेलाडीहरूलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्‍याइएको थियो ।