Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मिथिला क्षेत्रमा मनाइने ‘जितिया पर्व’ आजदेखि शुरु

०७ सोमबार , आश्विन २०८१२ बर्ष अगाडि

मिथिला क्षेत्रमा मनाइने ‘जितिया पर्व’ आजदेखि शुरु

मिथिला क्षेत्रमा मनाईने ‘जितिया पर्व’ आजदेखि शुरु भएको छ । महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’आजदेखि धार्मिक विधिअनुसार शुरु भएको हो ।

मिथिला पञ्चाङ्गअनुसार श्री जानकी भित्तेपात्रोमा रहेको मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलवार जितिया व्रत र असोज ९ गते बुधवार साँझ ५ : १५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ ।

यस वर्ष मिथिलाञ्चलमा तिथिको हेरफेरअनुसार आज नहा खा (नुहाएर खाने) विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलवार बिहान ४ बजेदेखि मङ्गलवारको दिनभरि र रातभरि तथा बुधवार दिनभर उपवास बस्नुपर्ने छ ।

बुधवारकै दिन साँझ ५ : १५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ भने व्रतालुहरुले जितिया पर्वको शुभकामना दिँदै आफ्ना बालबालिकाहरुको दीर्घ जीवनको कामना गरिने बताईएको छ ।

मिथिला क्षेत्रमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ भने यस पर्वमा उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिने धार्मिक मान्यता रहेको छ ।