Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिरासतबाट ८ जना थुनुवा फरार

०७ सोमबार , आश्विन २०८१एक महिना अगाडि

हिरासतबाट ८ जना थुनुवा फरार

प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतबाट आइतबार राति भेन्टिलेशन तोडेर ८ जना थुनुवा फरार भएका हुन् ।

प्रहरीको हिरासतबाट भागेका ९ जनामध्ये १ जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेको बताईएको छ ।

हिरासतबाट फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको र सीमा क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।