Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झन्डै ४ दर्जन उपसचिवहरूको सरुवा तथा पदस्थापन

०७ सोमबार , आश्विन २०८१एक महिना अगाडि

झन्डै ४ दर्जन उपसचिवहरूको सरुवा तथा पदस्थापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै ४ दर्जन उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका ४३ जना उपसचिवहरूको पदस्थापन गर्दै केही उपसचिवहरूको सरुवा गरेको हो । 

केही दिन अघि मन्त्रालयले कर्मचारीहरूको सरुवा गर्दा ३ दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो । अवधि पुगेकालाई सरुवा गर्ने नाममा इन्स्टिच्यूसनल मेमोरी नै नामेट हुने गरी अन्धाधुन्ध सरुवा गरेर मन्त्रालयमा थन्क्याएको भन्दै चौतर्फी विरोध भएको थियो ।

अहिले पनि सामान्यले कतिपय निकायहरूमा द्विपक्षीय वार्तालगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाली रहँदा सम्बन्धित मन्त्रालयसँग समन्वय नै नगरी कर्मचारीको सरुवा गरेको भन्दै कर्मचारीहरूले विरोध गरिरहेको बताईएको छ ।