Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

०६ आइतबार , आश्विन २०८१एक महिना अगाडि

सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

नेपाली सेनाको हेलिकप्टरमार्फत एक गर्भवती महिलाको उद्धार गरिएको छ । प्रसूति व्यथा लागेकी बागलुङको तमानखोला गाउँपालिका– १ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रसूति व्यथा लागेपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । हिँजो साँझ प्रसूति व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।

स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासि रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएकाले काठमाडौं पठाइएको बताईएको छ ।