Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

श्रीलङ्कामा राष्ट्रपतिका लागि दिसानायकेको बलियो सम्भावना

०६ आइतबार , आश्विन २०८१एक महिना अगाडि

श्रीलङ्कामा राष्ट्रपतिका लागि दिसानायकेको बलियो सम्भावना

श्रीलङ्कामा भएको राष्ट्रपति निर्वाचनको मतगणनाअनुसार वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने बलियो सम्भावना देखिएको छ । मतगणनाको पछिल्लो अपडेटअनुसार अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिनेका छन् ।

श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न हिजो मतदान भएको थियो । एक करोड ७० लाख मतदातामध्ये झन्डै ७५ प्रतिशतले मत खसालेको र पछिल्लो मतपरिणाम अनुसार दिसानायकेले ४२ प्रतिशत मत प्राप्त गरेको बताईएको छ ।

दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेद्वार हुन् । उनको प्रतिस्पर्धी साजिश प्रेमदासा दोस्रो र विक्रमासिंघे तेस्रो स्थानमा रहेका छन् भने प्रेमदासाले कुल मतको झन्डै ३२ र दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका विक्रमासिङ्घेले अहिलेसम्म १६ प्रतिशत मत प्राप्त गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा चयन हुन कम्तिमा ५१ प्रतिशत मत आवश्यक पर्छ । यसरी पहिलो चरणको मतगणनामा उमेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेमा दोस्रो चरणको मतदान हुनेछ । सन् २०२२ को आर्थिक सङ्कटयता श्रीलङ्कामा भएको यो पहिलो चुनाव हो ।