Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाठ्यक्रममा परिमार्जनका लागि विज्ञहरूसँग छलफल

०६ आइतबार , आश्विन २०८१एक बर्ष अगाडि

पाठ्यक्रममा परिमार्जनका लागि विज्ञहरूसँग छलफल

विद्यालय तहको पाठ्यक्रममा परिमार्जनका लगी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञहरूसँग छलफल गर्ने भएको छ । मन्त्रालयले असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गर्ने भएको हो ।  

विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको गर्न मन्त्रालयले विज्ञहरूसँग छलफल गर्न लागिएको शिक्षामन्त्री विद्या भट्टराईले बताएकि छन् । मन्त्री भट्टराईले पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन पनि परिमार्जन आवस्यक रहेको बताउदै त्यसका लागि तयारी भईरहेको बताएकी हुन् ।

मन्त्री भट्टराईले शिक्षा पत्रकार समूहको २५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताउदै कक्षा १० को मात्र नभई आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने बताएकि छन् ।

शिक्षामन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क गर भनेको तर, त्यसको तयारी नै नगरेको र सरकारले ऐनको जिम्मेवारी नै नलिएको बताइन् । सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनुपर्ने उनको भनाई रहेको थियो ।