Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य जापान : मन्त्री भण्डारी

०६ आइतबार , आश्विन २०८१एक महिना अगाडि

रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य जापान : मन्त्री भण्डारी

नेपालीहरूको रोजगारीका लागि अवको सुरक्षित र आकर्षक गन्तव्य जापान भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् ।
  
मन्त्री भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य मुलुक भएको र नेपाल र जापानबिच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी श्रम समझदारी पत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताएका थिए । ।

निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य अघि बढ्ने बताउदै उनले अब रोजगारीका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य भएको बताएका हुन्   । जापानको भ्रमणमा रहेका मन्त्री भण्डारीले जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीसँग भेट गर्दै दुई पक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल गरेको बताईएको छ ।