Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सीटीईभीटीले निःशुल्क औद्योगिक तालिम दिने

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

सीटीईभीटीले निःशुल्क औद्योगिक तालिम दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले झण्डै २६ सय जनालाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज सूचना जारी गर्दै प्रि–डिप्लोमा तहको २४ महिने अवधिको निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिन लागेको हो ।

परिषद्ले २ हजार ५ सय ८५ जनालाई निःशुल्क तालिम दिन लागेको बताईएको छ । तालिममा सहभागी हुने प्रशिक्षार्थीको कोटा प्रदेशअनुसार निर्धारण गरिएको छ । जसमा कोशीमा ४ सय ३०, मधेशमा २ सय, बागमतीमा ६ सय ५५, गण्डकीमा २ सय ९०, लुम्बिनीमा ५ सय ९०, कर्णालीमा १ सय ६० र सुदूरपश्चिममा २ सय ५० जनाको कोटा छुट्याइएको छ ।

परिषद्बाट तालिम कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त आंगिक, साझेदार र तथा टीईसीएस सामुदायिक विद्यालयहरुमा प्रशिक्षार्थी छनौट गरी तालिम सञ्चालन गरिने जनाइएको छ । तालिममा सहभागी हुन चाहनेको न्यूनतम योग्यता एसएलसी वा एसईई परीक्षामा सहभागी भएको, मानसिक र शारीरिक रुपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पुरा भएको हुनुपर्नेछ ।

दलित, जनजाति, अपांग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा स्थानीय निकायको सिफारिसपत्र हुनुपर्नेछ । आवेदन दिने म्याद यही असोज ४ गतेदेखि १८ गतेसम्म तोकिएको छ । तालिममा सहभागी हुने प्रत्येक प्रशिक्षार्थीलाई प्रति हाजिरी एक सय रुपैयाँका दरले यातायात खर्च समेत उपलब्ध गराइने परिषद्ले जनाएको छ ।