Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओलीसहितको नेपाली प्रतिनिधि मण्डल नेतृत्वको टोली अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो ।

संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्रीको साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी रहेका छन् ।

प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।