Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

प्रकाशमान र दुई राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउत प्रस्तावित दुई राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । उनीहरु बिरुद्ध प्रस्तावित पदमा नियुक्त गर्नु उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।

त्यस्तै, प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ भने समितिले प्रस्तावित दुई राजदूतविरुद्ध पनि उजुरी माग गरेको हो । समितिका अनुसार संसदीय समितिको सचिवालय वा जुनसुकै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी दिन सकिने बताईएको छ ।

समितिले बेल्जियमका लागि सिफारिस परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र अष्ट्रेलियाका लागि सिफारिस कांग्रेस नेतृ चित्रलेखा यादवविरुद्ध उजुरी मागेको हो । यसअघिको संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशमा प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको थियो ।

समितिले अनुमोदन गरेको नाममध्ये १२ जनाको सर्वसम्मत र ४ जनाको नाम बहुमतको आधारमा अनुमोदन गरेको हो । त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाणपत्र पेश नभएको हुँदा उनको नाम अनुमोदनको निर्णय रोकिएको पनि समितिले जनाएको छ ।