Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

नेपाल सरकारले चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गरेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ३ गतेदेखि सहुलियत पसल सञ्चालन शुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशभरका ४२ जिल्लामा ६१ वटा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको चाड दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वलक्षित सहुलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

सहुलियत पसल अन्तर्गत काठमाडौं उपत्यकाको लागि थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो ५ रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो ७ रुपैयाँ छुट पाउने कम्पनीले बताएको छ ।

त्यसैगरी कम्पनीले जिउँदो खसीबोका तथा च्याँग्रा र दुग्ध विकास संस्थानको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीको भनाइ रहेको छ । कम्पनीले यसवर्षको दशैँमा १५ सय खसीबोका र ३ सय च्याँग्रा बिक्रीमा राख्ने योजना बनाएको बताएको छ ।