Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जसपाद्वारा संविधानको बिरोध

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

जसपाद्वारा संविधानको बिरोध

२०८१ असोज ३ गते, पोखरा ।    
संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ ।
बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संबिधान २०७२ ले सम्बोधन  गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।
उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य  तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.के ले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित जनजाती, मधेशी, मुस्लिम, महिला, अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताउनुुभयो ।
सो अवसरमा ज.स.पा.नेपालका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मन बहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोव्रmो बनाएको नेपालीको टाउकोमा दिनानुदिन ऋण थपिदै गएकाले संबिधान अपुरोअधुरो भएको बताउनुभयो । त्यस्तै ज.स.पा नेपालका केन्द्रिय सदस्य हर्क बहादुर गुरुङले राज्यको पनः संरचना गर्नुपर्ने साथै प्रदेश सरकारलाई स्वायक्त बनाउनुुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य तथा प्रदेश  अध्यक्ष मधुकर न्यौपानेको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य राम जुलुम शर्माले संचालन गर्नुभएको थियो ।