Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौँमा असोज दोस्रो सातादेखि मेलम्चीको पानी आउने

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

काठमाडौँमा असोज दोस्रो सातादेखि मेलम्चीको पानी आउने

वर्षा शुरु भएसंगै गत असार १० गतेदेखि बन्द गरिएको मेलम्चीको पानी असोज दोस्रो सातादेखि काठमाडौँमा आउने भएको छ । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाले असोज दोश्रो साता भित्र काठमाडौँमा आउने भएको हो ।  

दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएसंगै काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका हुन् । मन्त्रीको निर्देशन पछी मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेकाले दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध हुने भएको हो ।

काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली खटिएका मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

असोज दोस्रो साता भित्रै काठमाडौँ ल्याउने तयारी भए अनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको बताईएको छ ।

वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण बन्द गरिएको र बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको हो । काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीका लागि १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।