Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

"गुञ्जन" २६ औं बार्षिकोत्सवमा स्रष्टाहरु पुरस्कृत

०४ शुक्रबार , आश्विन २०८१एक महिना अगाडि

"गुञ्जन" २६ औं बार्षिकोत्सवमा स्रष्टाहरु पुरस्कृत

असोज ४, काठमाडौँ । नारी साहित्य संस्था "गुञ्जन" हिजो असोज ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थापनाको २६ औं बार्षिकोत्सव मनाएको छ ।  गुन्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतिमा सम्पन्न सो कार्यक्रममा "गुञ्जन त्रिवेणी आख्यान पुरस्कार सम्मान"बाट वरिष्ठ आख्यानकार राजेन्द्र विमल सम्मानित हुनुभएको छ । 

 यसैगरी "गुञ्जन नारी साहित्य प्रतिभा पुरस्कर सम्मान" बाट साहित्यकार उमा सुवेदी सम्मानित हुनुभएको छ ।  "गुञ्जन साहित्य पुरस्कार सम्मान"बाट साहित्यकार राधेश्याम लेकाली सम्मानित हुनुभएको छ भने "गुञ्जन मातृभाषा पुरस्कार सम्मान"बाट अपर्णा प्रधान सम्मानित हुनुभएको छ । यसैगरी "गुञ्जन लक्ष्मीराज भण्डारी बाल पुरस्कार"बाट श्रीयङ्का बस्नेत र "गुञ्जन जेष्ठ नागरिक पुरस्कार सम्मान"बाट साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित हुनुभएको छ । 

"गुञ्जन उन्नती गीतकार पुरस्कार सम्मान’बाट गीतकार शीला पन्त र साहित्यक सहकार्यमा कार्यक्रम गरेका दुई संस्थाका प्रमुख मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ र किरण श्रैष्ठलाई र भिम विराग संगीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो ।  सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, अध्यक्ष जलेश्वरी श्रेष्ठले प्रदान गर्नु भएको थियो । कार्यक्रममा बालकलाकार श्रीयङ्काको  आर्कर्षक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाकी सचिव साहित्यकार सन्ध्या पहाडीले पुरस्कृत र सम्मानित स्रष्टाहरुको परिचय राख्नु भएको थियो भने साहित्यकार सिर्जना शर्माले स्वागत र इल्या भट्टराईको धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासचिव सुष्मिता नेपालले गर्नु भएको थियो ।