Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निर्माण कार्य गर्दा मापदण्ड पालना नगर्नेलाई जरिवाना

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

निर्माण कार्य गर्दा मापदण्ड पालना नगर्नेलाई जरिवाना

काठमाडौं महानगरपालिकाले निर्माण कार्य गर्दा तोकिएको मापदण्ड पुरा नगर्नेलाई कारबाहीस्वरुप तिराउने जरिवाना रकम तोकेको छ । महानगरले आज सूचना जारी गर्दै आर्थिक ऐन, २०८१ बमोजिम निर्माण कार्य गर्दा मापदण्ड पुरा नगरेको हकमा तिराइने पटके जरिवाना तोकेको बताएको छ ।

सूचनामा अबदेखि काठमाडौंका सडकमा निर्माणजन्य फोहोरमैला फाल्ने वा थुपार्ने कार्य गरेमा २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ । दोस्रो पटकदेखि ५० हजार रुपैयाँ तिराइने छ ।

यस्तै, सवारीसाधन वा व्यक्तिले बाटोमा माटो, बालुवा वा हिलो खसाली फोहोर गरे गराएमा पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । अनुमतिबिना सडकपेटी अतिक्रमण गरी निर्माण सामग्री राख्नेका लागि १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

निर्माण कार्य गर्दा तोकिएको सामान्य मापदण्ड पुरा नगरेमा वा स्वीकृति नलिई सडक तथा फुटपाथ खनेमा ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गरिने छ । महानगरले धुलो उड्ने गरी सार्वजनिक सडक तथा भवनको निर्माण तथा मर्मत कार्य गर्न नपाइने पनि बताएको छ ।

निर्माण कार्य गर्दा नो इन्ट्री नलेखिएमा, निर्माणस्थल छेकबार नगरिएमा वा भवन जाली नराखिएमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने महानगरले जनाएको छ ।