Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संक्रमति क्षेत्रबाट पशु ओसारपसार नगर्न विभागको आग्रह

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

संक्रमति क्षेत्रबाट पशु ओसारपसार नगर्न विभागको आग्रह

पशु सेवा विभागले संक्रमति क्षेत्रबाट पशुको ओसारपसार नगर्न आग्रह गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै यस्तो अनुरोध गरेको हो । पशुपन्छीमा हुने संक्रामक रोग रोकथामका लागि विभिन्न कुरामा ध्यान पुर्याउन पनि कृषकलाई विभागले सतर्क गराएको छ ।

पशुमा संक्रामक रोगको शंका लागेमा तुरुन्त नजिकको पशुपन्छी उपचार गर्ने शाखा तथा निकायमा सम्पर्क गर्न विभागको अनुरोध छ । यस्तै, संक्रामक रोग विभिन्न किसिमका जिवाणु तथा विषाणुको कारणले लाग्ने भएकाले विभागले संक्रमण हुन नदिन वर्षेनी पशुपन्छीमा खोप लगाउन पनि आग्रह गरेको छ ।

गर्भिणी संक्रमित पशुबाट जन्मेका बाच्छाबाच्छी तथा पाडापाडीलाई जन्मेको चार महिनापछाडि मात्र खोप उत्पादकले तोकेको मात्रामा लगाउन विभागले सचेत गराएको छ । विभागले संक्रमण भई निको भएको पशुहरुलाई संक्रमणको एक वर्षपछि मात्र खोप लगाउन उल्लेख गर्दै गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन सरसरफाई तथा बेलाबेलामा किटाणुनाशक÷किटाणुरोधक औषधीको प्रयोग गरी निसंक्रमण गर्न पनि जनाएको छ ।

गोठमा जैविक सुरक्षाको उपायहरु अनिवार्य पालना गर्न, अनाधिकृत व्यक्ति र वस्तुको प्रवेश निषेध गर्न, रोगको शंका लागेको वा रोगी भएको अवस्थामा रोगी पशुवस्तुलाई सार्वजनिक चरण, खर्क वा आहाल बस्ने ठाउँमा नलैजान पनि भनिएको छ । विभागले नयाँ पशु गोठमा भित्र्याउन लाग्दा कम्तीमा २८ दिन अलग्गै राखेर निगरानी गर्न र रोगी भई मरेका पशुवस्तु र त्यससँग लसपस भएका सामाग्रीहरु गहिरो खाडल खनि गाडन पनि सूचनामा उल्लेख गरेको छ ।