Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ठूलो संख्यामा कर्मचारीको सरुवा

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

ठूलो संख्यामा कर्मचारीको सरुवा

एक साता भित्रमा सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । भदौको अन्तिमदेखि हालसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे १२ सय कर्मचारीको सरुवा गरेको हो ।  

मन्त्रालयले नासु, खरिदार, शाखा अधिकृत र उपसचिवसहित साढे १२ सय कर्मचारीको सरुवा गरेको बताईएको छ । यसअघि सरुवा विवरण गोप्य राखेको मन्त्रालयले बुधबार राति भने सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार ६४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरुवा गरिएको छ । उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।

निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ । निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा कर्मचारीको सरुवा गर्ने गरेको छ ।