Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपप्रमुख डंगोल अमेरिका प्रस्थान

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

उपप्रमुख डंगोल अमेरिका प्रस्थान

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अमेरिका प्रस्थान गरेकी छन् । गएराति उपप्रमुख डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनीसंगै डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भरत जोशी,युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि अमेरिका प्रस्थान गरेको बताईएको छ । असोज ६ र ७ गतेको कार्यक्रममा उपप्रमुख डंगोलको सहभागिता रहने महासभाको कार्य तालिका रहेको छ ।

त्यसैगरी नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली भोलि असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने तयारी रहेको छ । प्रधानमन्त्री ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महासभामा विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिलता र यसले पारेको असर, कोरोना पछीको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय समेटिएका छन् ।