Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज देशभर संविधान दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको हो ।

आज संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीतामा विशेष समारोह आयोजना गरिएको हो ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन,नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन रहेको छ । त्यस्तै आज साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको थियो ।

संविधान दिवसलाई लक्षित गरि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ भने शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दै आएको छ ।

आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर संविधान दिवस मनाउन सरकारले आह्वान समेत गरेको छ ।