Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि धरहरा सर्वसाधारणका लागि खुला

०३ बिहिबार , आश्विन २०८१एक महिना अगाडि

आजदेखि धरहरा सर्वसाधारणका लागि खुला

संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

गत भदौ २७गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरे अनुसार संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा खुला गरिएको हो । आजदेखि खुला गरिएको धरहरामा दैनिक ५ सय जनालाई चढ्न दिन व्यवस्था गरिने बताईएको छ ।

धरहरा चढ्नका लागि वेबसाइटमार्फत टिकट काट्न सकिने यदि वेबसाइटमार्फत टिकट काट्न सम्भव नभएमा धरहरा परिसरमै भौतिक टिकट काट्ने व्यवस्था गर्ने तयारी भईरहेको परियोजनाका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिएका छन् ।

अहिलेका लागि धरहराको प्रवेश टिकट निःशुल्क छ भने पार्किङ पनि निःशुल्क गरिएको छ । चढ्नेहरूले दुईवटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने र माथि पुग्न र तल झर्नका लागि करिब १० मिनेट समय पाउनुका साथै फोटो र भिडियो खिच्न पनि अनुमति हुनेछ ।

विक्रम सम्बत २०७२ सालको महाबिनासकारी भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माण पछी भित्री संरचना २२ तलाको छ, जबकि बाहिरी स्वरूप पुरानै ११ तला जस्तो देखिन्छ । भूकम्पका कारण भत्किएको पुरानो धरहरा संरचना सुरक्षित राखिएको छ र खुला रुपमा अवलोकन गर्न सकिन्छ ।