Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बझाङमा ट्याक्टर दुर्घटना,दुईजना सेतीमा बेपत्ता

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

बझाङमा ट्याक्टर दुर्घटना,दुईजना सेतीमा बेपत्ता

बझाङको दुर्गाथली गाउँपालिका -२ झनाना बजार नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजना सेती नदीमा बगेर बेपत्ता भएका छन् । बिहान साढे ९ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

उक्त दुर्घटनामा ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन् भने तीनजनाको उद्दार गरिएको छ ।  

ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय निरज विकको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिएका छन् । उद्दार गरिएका तीनैजना सामान्य घाइते रहेको र उनीहरको केदारस्युँ गाउँपालिका -९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

दुर्घटनामा बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेको बताईएको छ । ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडक खण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ ।