Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय व्यक्तित्व सम्मान २०८१

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

राष्ट्रिय व्यक्तित्व सम्मान २०८१

-जयराम बिडारी -  -  -

भाद्र ३१,काठमाडौं एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका बिच टपटेन खवर तथा आमूल परिवर्तनका सम्पादक एवं सामाजिक अभियन्ता नन्दलाल खरेललाई सम्मानित गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्य कलाकार रमेश बुढाथोकीको विशेष आतिथ्य,नृत्य निर्देशक राजु शाह, अभिनेता,निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रुपमा रहेको सो कार्यक्रम ‘कर्म अनुसार आ–आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारासहित सुसम्पन्न गरिएको थियो । 

रतुवामाई नगरपालिका-७ मोरङ्गमा २०२९बैशाख ८ गते जन्मिएका खरेल बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक सम्मको अध्ययन गरेका खरेलले अर्थराजनीति,भ्रष्टाचार विरोधी तथा सुशासन सम्बन्धित लेख रचनाहरु नेपाल समाचारपत्र, राजधानी दैनिक, रातोपाटी अनलाइन,मध्यान्न दैनिक,स्मार्टपाटी.कम,कारोबार दैनिक, आर्थिक दैनिक सौर्य दैनिक लगायत थुप्रै पत्रपत्रिकामा निरन्तर आफ्नो धारणा सार्वजनिक गरिसकेका सञ्चारकर्मी,सम्पादक विशेषगरी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत परिचित छन् । एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले १२औँ वार्षिकोत्सवको अवसर पारेर सोमवार उनी सहित समाजमा विशिष्ट योगदान दिने राष्ट्रिय व्यक्तित्व लगायत केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुने अन्य व्यक्तित्व ,कलाकारहरु राजाराम पौडेल, रामचन्द्र अधिकारी, दन्त चिकित्सक डा.सुवास घिमिरे,बालरोग विशेषज्ञ डा.रामानन्द चौधरी शिवहरी भाषावीद तथा लेखक तेज बहादुर प्रधान, वरिष्ठ हास्यकलाकार शिवहरी नेपाल ‘बैरागी’ उत्तम केसी, शिव ढकाल, नारायण प्रधान, सविन श्रेष्ठ, पुकार भटराई, रवि डंगोल, निर्मलराज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ ‘बिजुली’ एसराज गराच (सुरज कार्की), गायक पवित्र श्रेष्ठ, दिक्पाल कार्की, गायक तथा संगीतकार विनोद ढकाल, राजन थापा लगायत ब्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ फिल्मको रुपमा ‘छक्कापञ्जा–३’ का निर्देशक तथा कलाकार दिपाश्री निरौलालाई कदरपत्रसहित सम्मानित गरिएको थियो । सो अवसरमा पत्रकार विष्णु प्रसाद सुबेदी, लोक गायक सफल श्रेष्ठ, निर्देशक दिल बहादुर तामाङ, गायक नारायण थापा, प्रेम बहादुर कार्की, कोरियोग्राफर दिपक तामाङ, अभिनेत्री आशा भुषाल, कलाकार दिप गुरुङ,गीतकार प्रेम बहादुर तामाङ, गोकुल सुबेदी, कलाकार शुशिला उप्रेती, सुगत तारङ्गीत, हास्य कलाकार सुरेश तिमल्सिना, कलाकार तथा व्यवसायी राजु कार्की, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपसंग सिलवाल, गायक दाउत राई तथा व्यवसायी एवं समाजसेवी मेलिना राईलाई कदरपत्रसहित सम्मान गरिएको थियो । 

एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले विगत १२ वर्षदेखि समाजमा विशिष्ट योगदान दिएका कलाकार तथा विभिन्न विधाका ब्यक्तित्व तथा प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।सो अवसरमा पञ्चे बाजासहितको साँस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई मनोरञ्जन प्रदान गरिएको थियो । एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल (छन्दे) ले आकर्षक रुपमा सञ्चालन गरेका उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सुसम्पन्न गरिएको थियो ।