Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इटहरीमा विद्युतीय बस सञ्चालन

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

इटहरीमा विद्युतीय बस सञ्चालन

आजदेखि इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । उपमहानगरले नगरवासीको सुविधालाई दृष्टिगत गर्दै विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।  

उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु गरिएको हो ।

उपमहानगर भित्रका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ गरिएको बताईएको छ । त्यस्तै सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध भएका छैनन् ।

हाललाई बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैया भाडा तोकिएको छ । गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको उक्त विद्युतीय बसमा अपाङ्गता भएका व्यक्तिहरूले पनि सहजरूपमा यात्रा गर्नसक्ने बताईएको छ ।