Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुस्ताङमा सौर्य ऊर्जाबाट विद्युतीकरण

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

मुस्ताङमा सौर्य ऊर्जाबाट विद्युतीकरण

मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।  

उक्त क्षेत्रमा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको बताईएको छ । ४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको र उक्त सौर्य ऊर्जाले साङ्ताका १३ घर लाभान्वित हुने बताईएको छ ।

सौर्य ऊर्जा जडान पछी साङ्ताका स्थानीयवासीको जनजीवन सहज भएको छ । त्यस्तै सोलार जडान गरेर विद्युतीकरण भएपछी मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको हो ।

अहिले गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएको छ भने सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको र पोल गाडेर तारमार्फत घर–घरमा विद्युत् आपूर्ति गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताएका छन् ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ भने साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । यसअघि स्थानीयवासीले उज्यालोका लागि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए ।

अहिलेसम्म साङ्तामा मोबाइल र इन्टरनेटको सुविधा नपुगेको र सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गरेको स्थानीयको अनुभव छ । वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको समेत जानकारी दिएकोआ छन् ।

सडक सुविधा दस वर्षअघिनै पुगेको साङ्तामा अहिले "एक घर, एक धारा" सहितको खानेपानी आयोजना निर्माण गरिएको बताईएको छ ।