Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन निषेध

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन निषेध

संविधान दिवसमा नागरिक स्तरबाट आयोजना हुने कार्यक्रमलाई मध्यनजर गर्दै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । भोलि संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो ।

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द हुने भएकाले केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

यता सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने तयारी गरेको छ भने भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने बताईएको छ ।

अघिल्लो वर्षा संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको थियो ।