Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि सोह्रश्राद्ध शुरु

०२ बुधबार , आश्विन २०८१एक महिना अगाडि

आजदेखि सोह्रश्राद्ध शुरु

हिन्दु धर्मावलम्बीहरुको प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि शुरु हुदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सोह्र दिनसम्म दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।  

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने बताईएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने परम्परा रहेको छ भने यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

हिन्दु धर्ममा चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको भनाई रहेको छ । तयस्तै  सोह्रश्राद्धको समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत रहेको पाईन्छ ।

त्यसैगरी सोह्रश्राद्ध पितृ पक्षको समाप्तिसँगै हिन्दुहरुको महान चाड दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धार्मिक मान्यता रहेको र ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रहेको छ ।