Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

व्यावसायिक फोटोसुट गर्न चाहनेलाई सूचीकृत हुन आह्वान

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

व्यावसायिक फोटोसुट गर्न चाहनेलाई सूचीकृत हुन आह्वान

काठमाडौं महानगरपालिकाले व्यावसायिक फोटोसुट गर्न चाहनेलाई सूचीकृत हुन आह्वान गरेको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै व्यावसायिक फोटोसुट गर्न चाहने नागरिकलाई आगामी पन्ध्र दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

महानगरअन्तर्गत बालाजु बाइसधारा सार्वजनिक उद्यान, शंखपार्क र शंखधर पार्कभित्र फोटोसुट गर्नुपर्ने जनाइएको छ । इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइटको फोटो र लिखित निवेदनसहित महानगरको राजस्व विभागमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

सूचनामा उल्लेख छ, ‘काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८१ बमोजिम महानगरअन्तर्गतको बालाजु बाइसधारा सार्वजनिक उद्यान, शंखपार्क र शंखधर पार्कभित्र व्यावसायिक फोटोसुट गर्न चाहने इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइटको फोटो र लिखित निवेदनसहित यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र महानगरको राजस्व विभागमा सम्पर्क गर्न जानकारी गराइन्छ ।’