Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

सरकारले इजाजतपत्र प्राप्त हातहतियारको निषेधित क्षेत्र तोकेको छ । गृह मन्त्रालयले हिजो राजपत्रमा एक सूचना प्रकाशन गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकेको हो ।

जसअनुसार अब सरकारी कार्यालयसहित विभिन्न निकाय तथा स्थलमा हातहतियार लैजान नपाइने भएको छ । हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा लाइसेन्स नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक अन्य क्षेत्रमा निषेध गरिएको छ ।

सूचनामा सरकारी कार्यालयसहित अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाट बजार तथा सपिङ्ग मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रमा पनि हातहतियार लैजान नपाउने उल्लेख छ ।