Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हनुमानढोकाको सुरक्षा व्यवस्थामा कडाई

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

हनुमानढोकाको सुरक्षा व्यवस्थामा कडाई

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । आज इन्द्रजात्राको प्रमुख दिन प्रधानमन्त्री केपीशर्मा ओलीसहित उच्च पदस्थको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि बिहान इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन पुगेका एक दर्जन भन्दाबढी युवायुवतीलाई समारोहस्थलबाट निकालिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर पुगेका उनीहरुलाई प्रधानमन्त्रीको विरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले समारोहस्थलबाट केही पर लगेर छोडेको थियो ।